• जेष्ठ १ २०८३, शुक्रबार

विमानस्थलबाट सुनको सिक्रीसहित दुई जना पक्राउ

श्रावण ३२ २०८१, शुक्रबार

काठमाडौँ । अवैध रूपमा सङ्कलन गरी लैजान लागेको सुनको सिक्रीसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । करिब ५० ग्राम तौलको २ थान सिक्रीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा तारकेश्वर नगरपालिका -५ स्थायी वतन भएकी ३१ वर्षीया जानुका न्यौपाने र स्याङ्जा वालिङ नगरपालिका -५ स्थायी वतन भएका २२ वर्षीया नारायण थापा रहेका छन् । एयर अरेबियाको उडानद्वारा बहराईनबाट दुबई हुँदै काठमाडौँ आएकी जानुकाबाट नारायणले अवैध रूपमा सङ्कलन गरी लैजान लागेको अवस्थामा उक्त धातु सहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामंगलमा पठाइएको छ ।