• जेष्ठ २ २०८३, शनिबार

उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन

श्रावण ३१ २०८१, बिहीबार

३१ साउन, काठमाडौं । उच्च अदालतका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ । ब्रेन ट्युमरका कारण बिरामी रहेका उनको उपचारका क्रममा निधन भएको उच्च अदालत पाटनले जनाएको छ ।

उनको निधनको शोकमा उच्च अदालत पाटनको सबै कामकारबाही बिहीबार बन्द हुने भएको छ । उनको पशुपति आर्यघाटमा अन्त्येष्टिको तयारी गरिएको छ । उनी न्यायप्रशासन सेवाबाट उच्च अदालतमा नियुक्त भएका थिए ।