काठमाडौँ । दुई वर्ष कैद सजाय हुने फैसला भएका लेनदेन मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका ४७ वर्षीय पदम बहादुर तामाङ छन् ।
भक्तपुर जिल्ला अदालतले उनलाई दुई वर्ष कैद र सजाय हुने फैसला गरेको थियो । पीडित रिता अवाललाई उनले ६ लाख ५) हजार रकम नबुझाएका कारण अदालतले उनलाई कैदमा राख्ने फैसला गरेको हो ।
प्रतिवादीलाई बुढानिलकण्ठबाट पक्राउ गरेर भक्तपुर जिल्ला अदालतमा उपस्थित गराइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।