• जेष्ठ २ २०८३, शनिबार

काठमाडौँ जाँदै गरेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण

श्रावण २९ २०८१, मंगलवार

मलेखु (धादिङ), २९ साउन । पोखराबाट बिरामी लिएर काठमाडौँ जाँदै गरेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण गरिएको छ । ठूलो पानी परेको र बादलले गर्दा मौसममा खराबीका आएका कारण धादिङको थाक्रे गाउँपालिका–७ आठकिलो भन्ने ठाउँमा सुरक्षित अवतरण गराएको हो ।

पोखराको मणिपाल अस्पतालबाट दमको बिरामी बोकेर काठमाडौ आउँदै गरेको कैलास हेलिकप्टर सर्भिसेजको ( एन–ए.एम.एल हेलिकप्टर खाली चौरमा अवतरण गरिएको थाक्रे गाउँपालिका–७ का वडाध्यक्ष युवराज खतिवडाले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले खराब मौसमका कारण काठमाडौँतर्फ जान जोखिम देखिएपछि पाइलटले सुरक्षित ठाउँमा अवतरण गराएको जानकारी प्राप्त भएको जनाउनुभयो ।