• जेष्ठ २ २०८३, शनिबार

ललितपुरमा खोलाले बगाएकी बालिका प्रिन्सिका भण्डारीको शव फेला

श्रावण २९ २०८१, मंगलवार

ललितपुर । ललितपुरमा खोलाले बगाएर बेपत्ता भएकी एक बालिकाको शव फेला परेको छ । आइतबारदेखि हराइरहेकी साढे २ वर्षीय प्रिन्सिका भण्डारीको शव सोमबार फेला परेको हो ।

काभ्रे पनौती घर भएकी प्रमीला भण्डारीकी छोरी प्रन्सिकालाई कोन्जोसोम गाउँपालिका–३ सिलिङगेबेसीको ठोस्ने खोलाले बगाएको थियो । उनीहरू सोही गाउँपालिकाको दलचोकीमा बस्थे । उनको खोजी गर्ने क्रममा खोलाले बगाएर ल्याई रूखको हाँगामा अड्किएको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

उता सिन्धुलीको दुधौली नगरपालिका–९ जितपुर बस्ने ५१ वर्षीय सुरेश मलिकको सोही ठाउँस्थित लखीमा खोलाले बगाएर सोमबार बिहान मृत्यु भएको छ ।

मलामी गएको अवस्थामा अचानक खोलाले बगाई बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।