• जेष्ठ २ २०८३, शनिबार

पहिरोपीडितलाई अस्थायी बसोबासको व्यवस्था

श्रावण २८ २०८१, सोमबार

गाईघाट (उदयपुर) २८ साउन । जिल्लाको  त्रियुगा नगरपालिका–१५ खाँबुस्थित तोरीबारीमा गत असार २४ गते गएको पहिरोबाट पीडित बनेका १५ घर परिवारलाई नगरपालिकाले अस्थायी बसोबासको तयारी सुरु गरेको छ । नगरपालिकाले सोही वडाको हुबास क्षेत्रमा नगरपालिका तथा केही व्यक्तिका नाममा रहेको जग्गा भाडामा लिएर अस्थायी टहरा निर्माण गर्न लागेको जनाइएको छ ।

नगरपालिकाबाट बाँससहित टहर निर्माण र पाल तथा टिन उपलब्ध गराएर अस्थायी टहरा निर्माणको तयारी भइरहेको हो ।
उहाँका अनुसार पहिरो पीडितलाई अहिलेसम्म नगरपालिका–१५ को खाँबु तथा रानीबास विद्यालयमा राखिकामा विद्यालय सञ्चालन भएकाले अन्यत्र सार्न लागिएको हो । पहिरामा परी एकको मृत्यु र अन्य दुई घाइते भएका थिए ।