• जेष्ठ ५ २०८१, शनिबार

आँखा सुख्खा हुने कारण

बैशाख १७ २०८१, सोमबार

– लामो समयसम्म डिजिटल सिस्टम– कम्प्युटर, मोबाइल, स्क्रिनमा अभ्यस्त हुनु
– सुख्खा वातावरणमा रहनु (जस्तैः एसी, पंखायुक्त कार्यस्थल, घर बाहिरको) काममा अभ्यस्त रहनु
– पर्याप्त निद्राको अभाव तथा रात्रिको समयमा काम गर्नु
– अटोइम्युन रोगबाट ग्रसित भएकाहरू– आमवात, स्जोग्रेन सिन्ड्रोमलगायत
– पर्याप्त पोषणको अभाव तथा धूमपान सेवन
– आँखामा लामो समयसम्म कन्ट्याक्ट लेन्सको प्रयोग
– बुढ्यौली उमेर तथा महिलामा रजोनिवृत्ति (महिनावारी सुक्ने अवस्था) पश्चातको अवस्था
– आँशु उत्सर्जन ग्रन्थीमा हुने ट्युमर र त्यसको विकीरणीय उपचार पश्चातको अवस्था
– स्नायूविकार ः केन्द्रीय स्नायू प्रणालीको सातौं स्नायूको खराबीका कारण आँखाको ढकनी खोल्ने तथा बन्द गर्ने नियमित क्रियाको अवरोध
– विभिन्न चर्मरोगको कारण तथा आँखाको ढकनीको संक्रमणको अवस्था
– औषधिको दुर्लभ पाश्र्वप्रभाव विशेषगरी सल्फोनामाइड, एण्टिमलेरियल औषधिको प्रयोगबाट (स्टिभिन जोन्सन सिन्ड्रोम)
– आँखाको अन्य रोगमा प्रयोग हुने आँखामा राख्ने औषधि जस्तैः ‘ग्लुकोमा’ मा प्रयोग हुने ‘बिटा ब्लकर’ औषधि, एन्टि एलर्जिक औषधि जस्तैः ओलाप्टाडिन, एन्टिभाइरल जस्तैः एसाक्लिोभिर, डिकन्जेस्टान्ट जस्तै नाफाजोलिन, आँखामा राख्ने दुखाई कम गर्ने औषधि जस्तैः ‘ब्रोमोफेनाक’ का साथै आँखाको औषधि सुरक्षित राख्न प्रयोग हुने प्रिर्जभिटिभ ‘बेन्जाइलकोनियम’ का कारण आँखा सुख्खा हुने रोगको जोखिम बढेको छ।