काठमाडौं । दाङको लमहीमा बुधबार बिहान दुई यात्रुबाहक बस आपसमा ठोक्किएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका–५ होटल हाइवे अगाडि विपरीत दिसाबाट आइरहेका दुई बस आपसमा ठोक्किएको वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए ।
दुर्घटनामा ६ जना घाइते भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ । घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको प्रहरीले बताएको छ ।