• जेष्ठ ५ २०८३, मंगलवार

पर्वत जलजलाका सूर्यबहादुर र गमला मृत भेटिए, हत्याको आशंका

चैत्र २० २०८०, मंगलवार

कुस्मा बजार । पर्वतमा श्रीमान–श्रीमती मृत फेला परेका छन् । जलजला गाउँपालिका वडानम्बर २ स्थित एक घरमा श्रीमान् र श्रीमती मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी खुमलाल भुसालले जानकारी दिए ।

मंगलबार बिहान पौने ११ बजेतिर प्रहरीलाई खबर भएको थियो । खबर भएपछि डिएसपी भुसालसहितको टोली घटनास्थलतर्फ जाँदैछ ।
‘घटना शंकास्पद छ भनिएको छ । म पुग्दैछु,’ उनले भने । मृतक ६९ सूर्यबहादुर घर्ती र उनकी ६७ श्रीमती गमला घर्ती छन् । उनीहरूको हत्या भएको आशंका गरिएको छ ।