• जेष्ठ ५ २०८३, मंगलवार

सीमा इलाकाबाट चरेशसहित एक महिला पक्राउ

चैत्र १९ २०८०, सोमबार

काठमाडौँ । सशस्त्र प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका–२ स्थित सीमा इलाकाबाट चरेशसहित एकजना महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ४५ वर्षीया आशा राई छिन् । उनको सथाबाट ६ किलो चरेश बरामद गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले बताए ।

दाङको लमही नगरपालिका–१ बस्ने राईलाई चरेश बोकेर भारतर्फ जाँदै गरेको अवस्थामा बीओपी फुटाहाबाट खटिएको सशस्त्रको टोलीले नियन्त्रणमा लिएको हो ।

१२ वटा प्याकेट बनाएर शरीरमा बाँधेको अवस्थामा उनलाई पक्राउ गरेर स्थानीय प्रहरीलाई जिम्मा लगाइएको डीएसपी थापाले जानकारी दिए ।