• बैशाख २३ २०८१, आईतवार

पर्यटनबारे केही रोचक जानकारी

चैत्र १५ २०८०, बिहीबार

विश्व  :

सन् २०२४ मा विश्व पर्यटनबाट विश्वको कुल गार्हस्थ उत्पादनको १० दशमलव ६ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

सन् २०२३ मा विश्वमा १ दशमलव ३ बिलियन मानिसले विभिन्न देश भ्रमण गरे । उनीहरूले ९ दशमलव ५ खर्ब अमेरिकी डलर खर्च गरे । यो विश्वको ग्रस डेभलपमन्ट प्रोडक्ट, जीडीपीको ९ दशमलव ६ प्रतिशत थियो ।

सन् २०२२ मा ९ सय ६३ मिलियन पर्यटकले विश्वका विभिन्न देश भ्रमण गरे । यी पर्यटकले ७ दशमलव ७ खर्ब अमेरिकी डलर खर्च गरेका थिए ।
यो विश्वको कूल जीडीपीको ९ दशमलव ६ प्रतिशत थियो ।

सन् २०१९ मा पर्यटकले गरेको खर्च विश्वको कुल गार्हस्थ उत्पादनको १० दशमलव चार प्रतिशत थियो ।

नेपाल  :

सन् २०२३ अर्थात् आर्थिक वर्ष २०८०/०८१ मा १० लाख १४ हजार ८ सय ७६ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरे ।

पर्यटन विभागका अनुसार आ.व. २०७४/०७५ मा नेपालले पर्यटन क्षेत्रबाट ६७ अर्ब ९ करोड ६० लाख रुपैयाँ बराबर विदेशी मुद्रा आम्दानी गरेको थियो ।

आ.व. २०७५/०७६ मा पर्यटन क्षेत्रबाट नेपालले ७५ अर्ब ८ करोड ५६ लाख रुपैयाँ बराबर विदेशी मुद्रा आर्जन गरेको थियो ।

त्यसै गरी, आ.व. २०७६/०७७ मा नेपालले समग्र पर्यटन क्षेत्रबाट ४८ अर्ब ७ करोड ५७ लाख रुपैयाँबराबर विदेशी मुद्रा आम्दानी गरेको थियो ।

आ.व. २०७७/०७८ मा नेपालले कोरोना महामारीका कारण पर्यटन क्षेत्रबाट केवल ३ अर्ब ८८ करोड रुपैयाँबराबर मात्रै विदेशी मुद्रा आम्दानी गर्न सक्यो ।

आ.व. २०७८/०७९ मा नेपालले पर्यटन क्षेत्रबाट ११ अर्ब ३५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन गरेको थियो ।