• बैशाख २२ २०८३, मंगलवार

एमाले अधिवेशनमा विद्युतीय मेसिनमार्फत मतदानको व्यवस्था हुने

आश्विन ७ २०८०, आईतवार

काठमाडौँ । नेकपा एमाले वागमती प्रदेश अधिवेशनमा इलेक्ट्रोनिक (विद्युतीय) मेसिनमार्फत मतदान हुने भएको छ । असोज ८ गते काठमाडौँको भृकुटीमण्डपमा उद्घाटन हुने अधिवेशनमा मतदानका लागि विद्युतीय मेसिनको प्रयोग गर्ने तयारी एमालेले थालेको छ ।

नेकपा एमालेका नेता रामेश्वर फुयाँलका अनुसार अधिवेशनको तयारी लगभग पुरा भएको छ । अधिवेशनमा झण्डै साढे १२ सय प्रतिनिधि सहभागी हुनेछन् ।

उद्घाटन अघि काठमाडौँका विभिन्न स्थानबाट र्यालीसहित नेता कायकर्ताहरु झाँकीसहित अधिवेशनस्थल आउने छन् । अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव गरी पाँच जना पदाधिकारीसहित २४० जना प्रदेश नेतृत्व छनोटका लागि अधिवेशन हुँदैछ ।

एमाले प्रदेश कमिटी अध्यक्षमा रामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्ण दाहाल, नुवाकोटका केशवराज पाण्डे, काठमाडौँका सानु श्रेष्ठ, दोलखाकी रचना खड्का लगायतले आकांक्षा राखेका छन् ।