• बैशाख २२ २०८३, मंगलवार

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

आश्विन ४ २०८०, बिहीबार

 

काठमाडौँ । आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा समसामयिक राजनीति, पार्टीको आन्तरिक संरचनालगायत विषयमा छलफल हुनेछ ।

पार्टी मुख्यसचिव पौडेलका अनुसार बैठकको कांग्रेसको आधिकारिक फेसबुक पेजबाट लाइभ गरिने छ ।

बैठकले महासमिति बैठकको एजेन्डा तय गर्नेछ । कांग्रेसले आगामी मंसिर १३, १४ र १५ गतेका लागि महासमिति बैठक बोलाएको छ ।