काठमाडौं । कैलालीको टीकापुर घटनामा संलग्न रही कारागारमा रहेका तीन जना दोषीलाई संविधान दिवसको अबसर पारेर माफी दिइएको छ । राष्ट्रपतिबाट माफीसहित तीन जना रिहा भएका छन् ।
कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरीमा पक्राउ परी कारागारमा रहेका तीन जना दोषीलाई संविधान दिवस, २०८० को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलको आममाफी सहित रिहा गरिएको हो।
रिहा हुनेमा टीकापुर नगरपालिका- ३ का वीरबहादुर चौधरी, साविकको मुनुवा गाविस- ४ का प्रदिप चौधरी र हरिनारायण चौधरी रहेका छन्।