काठमाडौं । धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचार गर्न गएका एक वृद्धको पेटमा रक्सीको बोतल भेटिएको छ ।
अस्पतालका अनुसार पेट दुखेर अस्पतालमा उपचारमा जादाँ धनगढीको फूलबारी बस्ने ६१ वर्षीय जमनसिंह रोकामगरको एक्सरे गर्दा पेटमा रक्सीको बोतल देखिएको छ ।
ति वृद्धका अनुसार केही दिनअघि मदिरा सेवन गर्ने क्रममा साथीले मलद्वारबाट बोतल पेटमा घुसाइदिएको बताएका छन् । उनको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।