• बैशाख २८ २०८३, सोमबार

नेकपा (बहुमत)ले भूमाफिया र मिटरव्याजी विरुद्द संघर्ष गर्ने

माघ १३ २०७९, शुक्रबार

नेपालगञ्ज । नेकपा (बहुमत) को बाँके जिल्ला समितिको छैठौं बैठक सम्पन्न भएको छ । नेकपा (बहुमत) का बाँके जिल्ला संयोजक परिवर्तनको अध्यक्षतामा बसेको बैठकको प्रमुख अथिति पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा  कर्णाली ब्युरो इन्चार्ज संगम, अथितिमा पार्टीका बाँके र बर्दिया इन्चार्ज अनन्त, पार्टीको सहायक सङ्गठन युवा जनस्वयमसेवक नेपालका केन्द्रीय महासचिव झलक विकको उपस्थिति रहेको थियो ।

बैठकले कार्यक्षेत्रको विभागन, पार्टी, जनवर्गीय सङ्गठन र मोर्चाहरुलाई थप सृदृढ र व्यवस्थित गर्ने, जनयुद्धको उपलक्ष्यमा जिल्लाव्यापी कार्यक्रम गर्ने लगायतका निणर्य गरेको पार्टीका एक नेताले जानकारी दिए ।

साथै जिल्लाव्यापी रुपमा सामाजिक अपराध, भु-माफिया, मेडिकल माफिया, शैक्षिक माफिया, हरेक क्षेत्रका भ्रष्टाचारी, मिटरव्याजी समस्या, कालोबजारी लगायत जनताको प्रत्यक्ष जीवनसँग जोडिएका विषयमा संघर्ष केन्द्रित गर्ने पार्टीको योजना रहेको समेत उनले जानकारी दिए ।