काठमाडौं । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशको संसदीय दलको नेतामा जोखबहादुर महरा सर्वसम्मत चयन भएका छन् ।
प्रदेश राजधानी दाङको देउखुरीमा आज बसेको बैठकले दलको नेतामा सर्वसम्मत रुपमा महरालाई दलको नेता चयन गरेको एक नेताले बताए । महरा रोल्पा प्रदेश क बाट निर्वाचित भएका थिए । यो प्रदेशमा माओवादीका ९ जना सांसद छन् ।