• जेष्ठ ७ २०८३, बिहीबार

प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरे पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

पुष १७ २०७९, आईतवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् ।  उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्डसँगै अर्थमन्त्री विष्णु पौडेललगायतको उपस्थिति रहेको छ । उद्घाटनसँगै हेलिकोप्टरमार्फत् पुष्प वृष्टि गरिएको थियो ।

प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरेसँगै विमानस्थल सञ्चालनमा आएको छ । उद्घाटनपछि आइतबार पोखरा विमानस्थलमा यति, बुद्व, सौर्य, गुण एयरलाइन्सले उडान गरेका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले स्वर्गीय रविन्द्र अधिकारीको सपना पूरा भएको बताएका छन् । उनले अहिले ४–५ बजेसम्म चल्दै आएकोमा अब २४ सै घण्टा सञ्चालन गर्न सकिने बताए ।