• बैशाख २८ २०८३, सोमबार

रणनीति मिलाउन नसक्दा सरकार गुमायौं : शशाङ्क कोइराला

पुष १५ २०७९, शुक्रबार

चितवन । कांग्रेस नेता डा.शशाङ्क कोइरालाले रणनीति मिलाउन नसक्दा सरकार गुमाउनु परेको बताएका छन् । आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै कोइरालाले भने, “पार्टीले रणनीति नमिलाएर यो दुर्घटना भयो ।” पहिले नै रणनीति मिलाएको भए गठबन्धन कायम रहने उनको भनाइ थियो ।

गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने महत्वपूणर् भूमिका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले खेलेको उनले बताए । उनले भने, “ठूलो पार्टीको नाताले पहिलो पटक नै प्रधानमन्त्री बन्छु कि भन्ने सोचका कारण समस्या आयो ।”

कांग्रेस प्रतिपक्षमा बस्दा विरोधका लागि विरोध मात्रै नगर्ने उल्लेख गर्दै उनले जिम्मेवारीपूर्वक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए ।