• जेष्ठ ७ २०८३, बिहीबार

भारतीय प्रधानमन्त्री मोदीकी आमाको निधन

पुष १५ २०७९, शुक्रबार

काठमाडौँ ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीकी आमाको निधन भएको छ ।

१०० वर्षको उमेरमा हीराबेन मोदीको अहमदाबादस्थित यूएन मेहता इन्स्टिच्युट अफ कार्डियोलोजी एन्ड रिसर्च सेन्टरमा उपचाररत उनको स्थानीय समयअनुसार शुक्रबार बिहान साढे ३ बजे निधन भएको हो ।

उनको निधनसँगै भारतीय जनता पार्टी (बीजेपी) र अन्य दलका नेताहरूले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

प्रधानमन्त्री मोदीले आमाको निधनबारे ट्विटरमा लेखेका छन्‚ ‘ईश्वरको चरणमा शानदार शताब्दीको विराम । आमा ! मैले सधैं त्यो त्रिमूर्तिको अनुभव गरेको छु; जसमा एक तपस्वीको यात्रा‚ निष्काम कर्मयोगीको प्रतिक र मूल्यप्रति प्रतिबद्ध जीवन समाहित भएको छ ।’