काठमाडौं । सत्ता साझेदार दलहरुकाे गठबन्धनले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई संयाेजक चयन गरेको छ।
बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकले सो निर्णय गरेको हो।
गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संयोजकमा ओली रहने निर्णय भएको जानकारी दिए। ‘सत्ता साझेदार दलको संयोजकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हुने निर्णय भएको छ।’