काठमाडौं । महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले कार्यभार सम्हालेका छन्। बिहीबार दिउँसो उनले कार्यभार सम्हालेका हुन्।
डा. पोखरेलले बिहीबार नै राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट सपथ खाएका हुन्।
पोखरेललाई राष्ट्रपति भण्डारीले बुधबार महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन्।