• बैशाख २८ २०८३, सोमबार

कर्णाली प्रदेश सभाको अधिवेशन १८ पुसमा

पुष १४ २०७९, बिहीबार

काठमाडौं। कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन पुस १८ गते सुरु हुने भएको छ ।

प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम पुस १८ गते सोमबार दिउँसो १ बजे प्रदेश सभा अधिवेशन आहृवान गरेको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिएका हुन् ।

बैठकको पहिलो दिन १८ गते प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त संसद अधिवेशन आह्वान पत्र पढेर सुनाउने र दलीय धारणा राख्ने कार्यतालिका रहेको सचिवालयले जनाएको छ । सचिव बुढाथोकीका अनुसार अर्को बैठककबाट सभामुख र उपसभामुख चुनिने छन् ।

प्रदेश सभा सदस्यहरुले पुस ११ गते पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेका छन् । ४० सदस्यीय कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, राप्रपा, नेकपा एकीकृत समाजवादी र स्वतन्त्रबाट १ – १ जना सांसद रहेका छन् ।