• बैशाख २८ २०८३, सोमबार

पाँच दिनभित्रै सरकारले न्यूनतम साझा कार्यक्रमको तय गर्ने, संयोजकमा एमाले अध्यक्ष ओली

पुष १४ २०७९, बिहीबार

काठमाडौं । सत्तारुढ दलहरुले सरकारको साझा न्युनतम कार्यक्रम बनाउन नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा समिति गठन गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा बनाउने जिम्मा ओलीको संयोजकत्वमा समिति गठन गरेको हो । समितिमा सत्तारुढ दलका एक एक जना प्रतिनिधि रहनेछन् ।

बैठकले साझा कार्यक्रम पाँच दिनभित्र बनाउने निर्णय गरेको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन सात राजनीतिक दलले समर्थन गरेका थिए ।

आज (बिहीबार) बसेको बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहभागी थिए ।