• बैशाख २८ २०८३, सोमबार

सरकारी निवास बालुवाटार सरे प्रधानमन्त्री प्रचण्ड

पुष १३ २०७९, बुधबार

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारी निवास बालुवाटारमा सरेका छन् ।

उनी बुधबार साँझ बालुवाटार प्रवेश गरेका हुन् ।

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार विहानमात्र बालुवाटारबाट भाडाको घरमा सरेका थिए ।

प्रधानमन्त्री प्रचण्ड ज्योतिषले निकालेको साइतमा बालुवाटार प्रवेश गरेका हुन् ।

उनले बालुवाटारमा गृहप्रवेशअघि पूजापाठ समेत गरेका थिए ।