• बैशाख २८ २०८३, सोमबार

निवर्तमान प्रधानमन्त्री देउवाले छोडे सरकारी निवास

पुष १३ २०७९, बुधबार

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासबाट सरेका छन् ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार प्रधानमन्त्री नियुक्त भएपछि देउवा बालुवाटरस्थित सरकारी निवासबाट सरेका हुन् ।

बुढानिलकण्ठस्थित निजी निवास हाल मर्मत् भइरहेकाले उनी धुम्बाराहीस्थित भाडाको घरमा सरेको प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए । उनले २०७८ साल असार २८ गते पाचौँ पटक प्रधानमन्त्रीमा नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री देउवा सरकारी निवासमा बस्दै आएका थिए ।