• बैशाख २८ २०८३, सोमबार

कांग्रेसद्वारा केन्द्रीय समिति बैठकको आह्वान

पुष १२ २०७९, मंगलवार

काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । दमुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पुस २२ गते दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको हो ।

बैठकमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समीक्षा र समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।

पार्टीबाट समानुपातिक सांसद चयन गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसे पनि केन्द्रीय समिति बैठक पहिलो पटक बस्न लागेको हो ।

४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कांग्रेसको केन्द्रीय समिति बैठक बसेको छैन ।