काठमाडौं । देउवा सरकारले २ वर्षअघि ओली सरकारसित नेकपासित गरेको ३ बुँदे सहमती उल्लंघन गरि विप्लव र धर्मेन्द्र बास्तोला लगायतका नेताहरुलाई पक्राउ पूर्जी जारी गरेको विरोधमा ५ वटा पार्टी र एउटा मोर्चाले कडारुपमा विरोध जनाउँदै तत्काल ती पार्टीका नेताहरुमाथि लगाइएका मुद्दा फिर्ता लिई जेलमा रहेका नेता तथा कार्यकर्ताहरुलाई रिहा गर्नुपर्ने माग राखेका छन् ।
आज एक संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले यस्तो माग गरेका हुन् । यसरी रिहाइको माग गर्ने पार्टीहरुमा नेकपा, क्रान्तिकारी माओवादी, माओवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा मसाल र नेकपा (बहुमत) तथा संयुक्त क्रान्तिकारी मोर्चा रहेका छन् ।
तत्कालीन नेकपा हाल विभाजन भएको छ । विभाजन भएका विप्लव नेतृत्वको नेकपा र नेकपा(बहुमत) पार्टीका मूख्य नेतृत्वलाई सरकारले हालै मात्र झुट्ठा मुद्दा ब्यूँताएर पक्राउ पूजी जारी गरेको छ । यस घटनाको चारैतिरबाट विरोध भइरहेको छ ।