काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको भेलाले पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशनपछि गरेको प्रतिबद्धता पूरा नगरेको आरोप लगाएको छ ।
बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको कोइराला पक्षको बैठकले देउवाले महाधिवेशनपछिको प्रतिबद्धता विपरीत एकलौटी रूपमा अघि बढिरहेको निष्कर्ष निकाल्दै सो आरोप लगाएको हो ।
भेलामा सहभागी सह महामन्त्री जीवन परियारका अनुसार पार्टीमा कुनै सरसल्लाह नगर्ने र भ्रातृ संस्थामा नेतृत्व चयन गर्दा देउवाले एकलौटी गरेका हुन् । पार्टीमा छलफल र सरसल्लाह गरेर अघि बढ्छु भनेर देउवाले महाधिवेशनपछि गरेको प्रतिबद्धता पूरा नगरेको कोइराला पक्षको आरोप छ । भ्रातृ संस्थामा नियुक्त गर्दा देउवाले आफूखुसी नियुक्ति गरेका थिए ।