• बैशाख २३ २०८३, बुधबार

स्वास्थ्य राज्यमन्त्री विमला वलीको राजीनामा स्वीकृत

असार १५ २०७९, बुधबार

रुपन्देही । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीको राजीनामा स्वीकृत भएको छ ।

मुख्यमन्त्री कुल प्रसाद केसीले स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री वलीले दिएको राजीनामा स्वीकृत गरिएको जानकारी दिएका हुन् ।

लुम्बिनी प्रदेश सभाको बैठकमा बोल्दै केसीले राज्यमन्त्रीबाट असार १२ गते आएको राजीनामालाई स्वीकृत गरिएको बताए । उनले राजीनामा दिएको विषय सञ्चारमाध्यममा आएपछि मात्रै मुख्यमन्त्रीले यसबारे औपचारिक जानकारी दिएका हुन् ।