काठमाडौं । दार्चुलामा काकीलाई बलात्कार गरेर जलाएको आरोपमा पक्राउ परेका व्यक्तिलाई आजीवन कैदको माग गर्दै मुद्दा दर्ता गर्ने तयारी भएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाले अनुसन्धान सकेर बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा मुद्दा बुझाएको हो। एकल महिला ४३ वर्षीया अनिभा खडायतको बलात्कारपछि जलाएर हत्या गरेको अभियोगमा ४२ वर्षीय भोजराज खडायत पक्राउ परेका थिए। एउटै गाउँका उनी अनिभाका भतिज नाता हुन्।
जेठ २५ गते दार्चुलाको शैल्यशीखर नगरपालिका १ बारीलमा जबरजस्ती करणी गरी टाउकोमा ढुंगाले हानी घाइते बनाइ जिउँदै आगो लगाएको प्रहरीले जनाएको छ।
दार्चुलाका प्रहरी प्रमुख डीएसपी प्रतिक विष्टले पक्राउ परेका भोजबहादुरविरद्ध तीन वटा कसुरमा मुद्दा चलाउन रायसहितको अनुसन्धान प्रतिवेदन बुझाइएको बताए।