• जेष्ठ १ २०८३, शुक्रबार

ट्राफिक जाममा देखिएका एउटै नम्बर प्लेटका दुई वटा मोटरसाइकल नियन्त्रणमा लिन प्रहरीको सर्कुलर

असार १५ २०७९, बुधबार

काठमाडौं । बुधबार बिहान गौशाला चोकमा एउटै नम्बर प्लेटका २ वटा मोटरसाइकल देखा परेका छन्। गौशला चोकमा देखिएका दुई वटा मोटरसाइकललाई नियन्त्रण लिनका लागि प्रहरीले उपत्यकाको तीन वटै जिल्लामा सर्कुलर जारी गरेको छ ।

एउटै नम्बर प्लेटका दुई मोटरसाइकल देखापरेपछि प्रदीपजंग क्षेत्रीले फोटो खिचेका थिए। क्षेत्रीले खिचेको तस्बिरमा बागमती प्रदेश ०२ ०२२ प २३८० नम्बर प्लेटका दुई मोटरसाइकल सँगै देखिन्छ। जुन तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ।