काठमाडौं । जेसीज सप्ताहको छैठौ कार्यक्रम अन्तरगत इमाडोल जेसीज बर्ष २०२२ ले एसइइ स्टार सिजन ४ का प्रतियोगीहरुलाई व्यक्तित्व विकास सम्बन्धी प्रशिक्षण तालिम लिइएको छ ।
उक्त तालिममा विभिन्न विधालयहरुबाट २०७८ को एसइइ सकेर बसेका सहभागी युवतीहरुलाई व्यक्तित्व विकासको प्रशिक्षण दिइएको हो ।
जेसीज बर्ष २०२२ की अध्यक्ष इच्छा गुरुङले उनीहरुलाई इमाडोल प्रशिक्षण प्रदान गरेकी हुन् । उनले कुनै पनि क्षेत्रमा अगाडी बढ्न हरेकको व्यक्तित्वको महत्वपूर्ण भूमिका खेल्ने बताउदै समय अनुसार प्रत्येक व्यक्तिले आफ्नो व्यक्तित्वको अपडेट राख्नु पर्ने बताईन । एसइइ स्टार सिजन ४ का प्रतियोगीहरुलाई सफल भविष्यको शुभकामना समेत अध्यक्ष गुरुङ दिइन् ।
एसइइ सकेर बसेका युवतीहरुका व्यक्तित्व विकास तथा अन्तर निहीत क्षमता विकास र करिअरको लागि अवसर प्रदान गर्न एसइइ स्टार प्रतियोगिता भवानी इन्टरटेन्टमेन्टले आयोजना गर्दे आइरहेको संस्थाका अध्यक्ष सोनीतराज ढुंगेलले बताइन् ।
यस बर्षको एसइइ स्टार सिजन ४को गान्ड फिनाले म्युजिक सिटी बालकुमारी ललितपुरमा असार २६ गते हुने संस्थाका अध्यक्ष ढुंगेलले जानकारी दिइन् ।