• जेष्ठ १ २०८३, शुक्रबार

इमाडोल जेसीजले आयोजना गरेको योगअभ्यास सम्पन्न

असार १४ २०७९, मंगलवार

काठमाडौ । इमाडोल जेसीज बर्ष २०२२को आयोजनामा भर्इ रहेको जेसीज सप्ताह अन्तर्गतको पाँचौ कार्यक्रम स्वस्थ्य जिवनको लागि योगअभ्यास सम्पन्न भएको छ ।

उपस्थित बोर्डका पदाधिकारी तथा स्थानीयवासीहरुलाई योग प्रशिक्षक जमुना भुजेलले योग प्रशिक्षण दिनु भएको हो ।

हात्तिवन फुटसल ललितपुरमा आयोजित योग प्रशिक्षणमा सुर्य नमस्कार, सुपाइन ट्वीस्ट, भ्रस्त्रीका प्रणायम, कपालभाती, अनुलोम–विलोम, मण्डुक आसन लगायतका योगअभ्यास गरिएको थियो ।

योग प्रशिक्षक जमुना भुजेलले स्वस्थ जिवन शैलीको आधार नै योग भएको बताउदै, एक दिन वा केही घण्टाको योगअभ्याशले मात्र पर्याप्त नहुने भन्दै हरेक दिन योग गरेमात्र मानसिक र शारिरिक रुपमा स्वस्थ रहन सकिने बताइन् ।

व्यस्त जिवनशैलीलाई व्यवस्थीत गर्न योगको महत्वपुर्ण भुमिका भएकाले जेसीज सप्ताहमा योगअभ्यास कार्यक्रम समावेश गरिएको इमाडोल जेसीज बर्ष २०२२का अध्यक्ष इच्छा गुरुङले बताइन्

इमाडोल जेसीज बर्ष २०२२ की उपाध्यक्ष पुजा रेग्मी महन्त र सदस्य श्रीजना श्रेष्ठले जेसीज सप्ताह अन्र्तगत योगअभ्यास कार्यक्रमलाई संहजता प्रदान गरेका थिए । जेसीज सप्ताहको मुख्य संयोजक महासचिव सुजन श्रेष्ठ हुन् ।