• जेष्ठ १ २०८३, शुक्रबार

काठमाडौं महानगर वडा नं. ४ का नवनिर्वाचित वडाध्यक्ष  महर्जनविरुद्ध पक्राउ पुर्जी जारी

असार १४ २०७९, मंगलवार

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ४ का नवनिर्वाचित वडाध्यक्ष दिनेश महर्जनविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला अदालत काठमाडौंले वडाध्यक्ष महर्जनसहित ३ जनालाई बरिष्ठ ज्येष्ठ नागरिक महानगर प्रोत्साहन भत्ता बापत उपलब्ध गराउनुपर्ने रकममा अनियमितता गरेको अभियोगमा मुद्दा परेपछि अदालतले हिरासतमै राखी अनुसन्धान गर्ने आदेश दिएको छ ।

अदालतमा वडाध्यक्ष महर्जनसहित ध्रुवप्रसाद त्रिपाठी र मोहनबहादुर विष्टविरुद्ध सरकारी कागजात कीर्ते गरेको र लिखतसमेत कीर्ते गरेको अभियोगमा ७ वर्ष कैद सजायसहितको मागदाबी गरिएको छ । सो मागदाबी पछि जिल्ला अदालत काठमाडौंले तिनै जनालाई पक्राउ गरी हिरासतमै राखेर अनुसन्धान गर्ने आदेशसहित उनीहरुविरुद्ध पक्राउपूर्जी जारी गरेको हो ।