• बैशाख २३ २०८३, बुधबार

वामदेव गौतमले नयाँ राजनीतिक दल खोल्ने, दलको पहिलो एजेण्डा- नेकपा ब्युँताउने

असार १४ २०७९, मंगलवार

काठमाडौं । नेकपा (एमाले)का तत्कालीन नेता वामदेव गौतमले नयाँ दल खोल्ने भएका छन् । उनको आफ्नो संयोजकत्वमा राजनीतिक दल खोल्ने भएका हुन् ।

आज (मंगलबार) दिउँसो ३ बजे रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर उनले नयाँ दलको घोषणा गर्ने छन् । गौतमको नयाँ राजनीतिक दलको पहिलो एजेण्डा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ब्युँताउने रहेको एकता राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए ।

नेकपा विभाजित पश्चात् छुट्टै अभियानमा रहेका गौतमले आफू पक्षधरको भेला गर्दै आएका थिए । नेकपालाई पुर्नजिवित गर्ने प्रयासमा रहेका उनी नेकपा एकीकरण हुने अवस्था नबनेपछि नयाँ दल गठन गर्न लागेको बताइएको छ ।