• जेष्ठ १ २०८३, शुक्रबार

कालिकोटमा कृषि वन, पशुपंछी उद्योग मेला प्रदर्शनी

असार १३ २०७९, सोमबार

कालिकोट । कालिकोटमा कृषि वन, पशुपंछी उद्योग मेला प्रदर्शनी गरिएको छ ।

“स्थानीय उत्पादन उद्योग र बजारीकरण” र “कृषि वन पशु जन्य वस्तुको प्रवद्धन विकास र सहजीकरण” भन्ने मुल नारा साथ कृषि वन, पशुपंछी उद्योग मेला प्रदर्शनी गरिएको हो ।

उदघाटन कार्यक्रमको सभा अध्यक्ष रतन वहादुर शाही प्रमुख अतिथि समन्य प्रमुख धन्जित शाहि ( आदर्श) विशेष अतिथि खाँडाचक्र नगरपालिका प्रमुख कमल वहादुर शाही आयोजक कालिकोट उद्योग वाणिज्य संघ कालिकोट सह-आयोजक खाँडाचक्र नगरपालिका कालिकोट, कृषि विकास कार्यालय कालिकोट, सामाजिक विकास कार्यालय कालिकोट, डिभिजन वन कार्यालय कालिकोट, पशु अस्पताल तथा पशु सेवा कार्यालय कालिकोट र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय कालिकोट आयोजनामा भएको हो ।

कालिकोट किसानका आआफ्ना विभिन्न उत्पादन पर्दशन भएको गरेका थिए, देउडा गित महिला पुरुषको प्रस्तुति पनि रहेको त्यो र सबै प्रदर्शनमा राखिएका र नित्य टोलीलाई पुरस्कार राशि पनि राखिएको थियो।

कार्यक्रममा सहभागी किसानलाई १५५० का दरेले र समान समान प्रमाण पत्र र देउडा टोलीलाई ६००० दरले र समान प्रमाण पत्र दिएर कार्यक्रमको समापन भएको छ।