• बैशाख २३ २०८३, बुधबार

काठमाडौंमा एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद् बैठक जारी

असार १३ २०७९, सोमबार

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)को प्रथम केन्द्रीय परिषद्बैको ठक सुरु भएको छ । नेपा प्रज्ञा प्रतिष्ठान कमलादीमा सुरु भएको हो ।

आज (सोमबार)देखि सुरु भएको उक्त बैठकमा देशभरबाट १५ सयभन्दा बढी सहभागी हुने एकीकृत समाजवादीले जनाएको छ ।

देशभर भए गरेका साङ्गठानिक गतिविधि, स्थानीय तहको चुनावको समीक्षा, आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचन लक्षित एजेन्डामाथि छलफल हुने बताइएको छ ।

हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत भएका केही प्रतिवेदनमाथि पनि छलफल महासचिव डा बेदुराम भुसालले बताए ।