• बैशाख ३१ २०८३, बिहीबार

भारतीय जंगलमा नेपाली युवतीहरूमाथि सामूहिक बलात्कार

असार १३ २०७९, सोमबार

बुटवल । भारतीय जंगलमा दुई नेपाली युवती बलात्कृत भएका छन् । आइतबार बिहान भारतको बलरामपुर जिल्लाको मनीपुर बजारमा रासन किन्न गएका दाङकाे राजपुर गाउँपालिका–६ निवासी सिता घर्ती र सिमा नेपाली (नाम परिवर्तन)लाई भारतीय युवाहरूको समूहले रुखमा बाँधेर सामूहिक बलात्कार गरेको सूचना आएकाे जिल्ला प्रहरी कार्यालयका डीएसपी मुकुन्द रिजालले जानकारी दिए ।

हरेक आइतबार भारतको मनिपुरमा हाटबजार लाग्ने गर्छ । आइतबार ६ जना युवती नेपालबाट मनिपुर बजारमा रासन किन्न गएका थिए । त्यसक्रममा नेपाल-भारत सीमावर्ती क्षेत्रको दक्षिणतर्फको जंगलमा दुई युवतीलाई रुखमा डोरीले बाँधेर भारतीय युवाहरूको समूहले बलात्कार गरेको हाे ।

नेपाल-भारत सीमावर्ती क्षेत्रको दशगजाबाट करिब चार किलोमिटर भारततर्फकाे जंगलमा घटना भएकाे हाे । उनीहरूसँगै गएका अन्य चार युवतीलाई कन्चटमा पेस्तोल ताकेर ‘तिमीहरु बोल्यौ भने गोली हानेर मार्दिन्छाैँ’ भनेर धम्काउँदै कुटपिट समेत गरिएकाे पीडितले जानकारी दिएकाे डीएसपी रिजालले बताए ।

उनका अनुसार भारतीय युवाकाे समूहले युवतीहरूलाई कुटपिट गर्दै कान नाकमा लगाएका गहना, नगद र माेबाइल समेत लुटेका छन् । कुटपिटबाट महिलाहरूकाे शरीरमा निलडाम छन् । उनीहरूलाई उपचारका लागि भारतीय अस्पताल लगिँदैछ । घटनाबारे थप अनुसन्धान भइरहेकाे छ ।