• बैशाख २३ २०८३, बुधबार

यी हुन् प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री देउवाले पेस गर्ने कार्यसूची

असार १२ २०७९, आईतवार

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (आइतबार) पनि बस्ने भएको छ । बैठक दिउँसो १ बजेबाट सुरु हुने भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले लोक सेवा आयोगको ६२ औँ वार्षिक प्रतिवेदन (२०७७ साउन–२०७८ असार) पेस गर्ने सम्भावित कार्यसूची छ ।
प्रधानमन्त्री देउवाले राष्ट्रिय सभामा नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यसैगरी लोक सेवा आयोग विधेयक, २०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवले ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युटको सहभागितामूलक सदस्यका रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।