• बैशाख २३ २०८३, बुधबार

संघीय र प्रदेश सभा निर्वाचनमा काँग्रेसको चलाखी चल्दैन : नेता पुन

असार ११ २०७९, शनिबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले संघीय र प्रदेश सभा निर्वाचनमा काँग्रेसको चलाखी नचल्ने बताएका छन् ।

स्थानीय तह निर्वाचनमा सरकारको नेतृत्व गरिरहेहको गठबन्धनको मुख्य राजनीतिक दल काँग्रेसले चलाखी गरेको आरोप लगाउदै उनले संघीय र प्रदेश सभा निर्वाचनमा काँग्रेसको चलाखी नचल्ने धारणा राखेका हुन् ।

सिन्धुपाल्चोकको चौतारामा शनिबार आयोजित माओवादी पार्टीबाट स्थानीय तहका जनप्रतिनिधिका लागि आयोजित कार्यक्रममा नेता पुनले स्थानीय तहको चुनावमा काँग्रेसले आफू जित्ने ठाउँमा माओवादीलाई अरुसँग गठबन्धन गर्न नदिने, माओवादी जित्ने ठाउँमा अरुसँग गठबन्धन गर्ने अनि आफू जित्ने ठाउँमा एक्लै निर्वाचनमा गएर चलाखी गरेको बताए ।