• बैशाख २३ २०८३, बुधबार

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक बस्दै

असार १० २०७९, शुक्रबार

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)को पोलिटब्यूरो बैठक आज शुक्रबार बस्दैछ ।

एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठक तीनकुनेस्थित पार्टी कार्यालयमा बिहान ११ बजे बस्नेछ ।

केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा पोलिटब्यूरो बस्न लागेको हो ।

शनिबार केन्द्रीय कमिटी बैठक बस्नेछ भने १३ र १४ असारमा केन्द्रीय परिषद्को बैठक डाकिएको छ ।