• बैशाख २३ २०८३, बुधबार

राप्रविसंद्वारा सुकेधारा चोकमा मसाल जुलुस प्रदर्शन

असार ९ २०७९, बिहीबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट विद्यार्थी संगठनले आज साझ सुकेधारा चोकमा मसाल जुलुस प्रदर्शन गरेको छ ।

नेपाल आयल निगमले जनताको ढाड सेक्ने गरि पेट्रोलियम पदार्थमा गरेको मुल्य बृद्धिको विरोधमा चरणवद्ध आन्दोलनको सिलसिलामा आज सुकेधारा चोकमा मसाल जुलुस प्रदर्शन गरेको हो ।

राप्रबिसं र राप्रपा सुसासन विभागले आयल निगममा मुल्य बृद्धि गर्नुपर्ने कारण मागेकोमा चित्तबुझ्दो जवाफ नआएको र सरकार मुल्य घटाउन अनिच्छुक देखिएकोले राप्रविसं सरकारसँग आक्रोशित भएको हो।

मसाल जुलुस पश्चात कोणसभामा बोल्दै राप्रविसंका उपाध्यक्ष जे. पि. बगालेले पेट्रोलियम पदार्थको मूल्य नघटेसम्म आन्दोलन जारी रहने बताए ।