• बैशाख ३१ २०८३, बिहीबार

नेपाल प्रहरीको १७ एसएसपीहरु डीआईजीमा बढुवा सिफारिस, एक नम्बरमा कुँवर(सूचीसहित)

असार ९ २०७९, बिहीबार

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका १७ जना वरिष्ठ उपरीक्षक (एसएसपी) हरुलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवाका लागि सिफारिस गरेको छ।

मन्त्रालयको बढुवा समितिको सचिवालयले एसएसपीहरु बसन्त बहादुर कुँवर, टेकप्रसाद राईलगायत १७ जनालाई बढुवाका लागि सिफारिस गरेको हो।

यसअघि एसएसपी हुँदा १३औँ नम्बरमा बढुवा भएका वसन्त पहिलो नम्बरमा सिफारिस भएका छन् . बढुवा सूचीमा चार जना महिला एसएसपी पनि अटाएका छन्।

योसँगै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रहेका उनीहरु प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा हुने भएका हुन्। उनीहरुलाई प्रहरी नियमावली २०७१ (संशोधनसहित)को नियम २७ को उपनियम ४ अनुसार बढुवा सिफारिस गरिएको सचिवालयले जनाएको छ।