काठमाडौं । नेकपा(माओवादी केन्द्र) की सांसद पूर्णाकुमारी सुवेदीले १० वर्षभन्दा कम उमेरको बालिकालाई बलात्कार गर्नेलाई मृत्युदण्ड दिइनुपर्ने बताएकी छन्।
उनले कानून बनाएपनि कार्यान्वयन फितलो हुने गरेको उल्लेख गर्दै कानून कार्यान्वयन हुनुपर्नेमा जोड दिइन्।
उनले भनिन्, ‘कानून बनाउँछौ, कार्यान्वयन फितलो हुने गरेको छ। दश वर्षभन्दा तलको बालिकाको हकमा बालिकाहरुलाई जर्बजस्ती बलात्कार गर्नेहरुलाई त मृत्युदण्ड दिनुपर्छ। मेरो व्यक्तिगत विचार। यो विषयमा कडा भन्दा कडा कानून हुनुपर्छ। कैद र जरिवाना दुवै राख्नुपर्छ। कडाभन्दा कडा सजाय र जरिवाना गरेर नै जानुपर्छ।’