• बैशाख ३१ २०८३, बिहीबार

कुलेखानी खोलामा बाँध बनाएर पानी काठमाडौं पठाउने योजना,बाँधस्थलको निरिक्षण गर्दै खानेपानी मन्त्री

असार ७ २०७९, मंगलवार

मकवानपुर ।  खानेपानी मन्त्री उमाकान्त चौधरीले मकवानपुर जिल्लाको सिस्नेरीस्थित कुलेखानी खोलामा बाँध बनाई दैनिक १५ करोड लिटर पानी काठमाडौं पठाउने सरकारको योजना रहेको बताएका छन् ।

मंगलबार मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित प्रस्तावित बाँधस्थलको निरिक्षण गर्न गएका मन्त्री चौधरीले यस्तो बताएका हुन् ।

मन्त्री चौधरीले बर्षात र बाढीका कारण मेलम्चीको पानी काठमाडौंमा ल्याउन नसकिने अवस्था र सुख्खायाममा पानीको माग बढेको बेला कुलेखानी खोलाको पानी काठमाडौंमा उपत्यकामा वितरण गर्न सकिने योजना रहेको संचारकर्मीलाई बताए ।

कुलेखानीको पानी दिर्घकालिन रुपमा बाँध बाँधेर काठमाडौ लैजाने र अल्पकालिन रुपमा २ वर्षभित्रै लिफ्टिङ दैनिक ६ देखि ७ करोड लिटर पानी लैजान सकिने मन्त्री चौधरीले बताए ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा. संजिवबिक्रम राणाले सिस्नेरी खोलामा निर्माण गर्ने स्थल भौगोलिक रुपमा उपयुक्त, वातावरणीय प्रभाव न्युन र थोरै समुदाय मात्र प्रभावित हुने र पाईपलाईन विस्तार गर्न काठमाडौं – तराई /मधेशद्रूतमार्गको किनारा प्रयोग गर्न सकिने बताए ।