• बैशाख ३१ २०८३, बिहीबार

गुडिरहेको बसभित्र एसिड पोखिँदा पाँच जना घाइते

असार ७ २०७९, मंगलवार

मोरङ । मोरङ कटहरी गाउँपालिकामा गुडिरहेको बसभित्र एसिड पोखिँदा पाँच जना घाइते भएका छन्।

मंगलबार दिउँसो रंगेली जाँदै गरेको बसभित्र एसिड पोखेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार को १ ख ३९८१ नम्बरको बसभित्र कटहरी-४ बस्ने २५ वर्षीय सुन पसल सञ्चालक राहुल साहले प्लास्टिकको बोतलमा एसिड बोकेका थिए । उनले बोकेको एसिड पोखिएको हो।

गुडिरहेको बसमा ब्रेक लगाएपछि उनको हात थिचिएर बोतलको बिर्को खुलेर एसिड पोखिएर पाँच जना घाइते समेत भएको श्रेष्ठले बताए।

मोरङको सुनवर्षी नगरपालिका-४ की २२ वर्षीया निता राजवंशी, २२ वर्षीया सविहा खानम, धनपालथान गाउँपालिका-५ का ४२ वर्षीय ओमनारायण राजवंशी, सुनसरी बराहक्षेत्र नगरपालिका-८ का ४० वर्षीया सुमित्रा उराव र भोजपुरको अरूण गाउँपालिका-१ याङपाङका २० वर्षीय विनोद परियार घाइते छन्।

अहिले सुन पसल सञ्चालक भने फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।