• बैशाख २३ २०८३, बुधबार

रविको पार्टीमा नातावादको अन्त्य, के के छन् अरु सुधारका कार्यक्रमहरु ?

असार ७ २०७९, मंगलवार

सञ्चारकर्मी रवि लामिछानेले आफ्नो नयाँ दलमा परिवारवाद पूर्ण रूपमा निषेध गर्ने बताएका छन् । मंगलबार राष्ट्रिय सभा गृहमा नयाँ पार्टी घोषणा गर्ने बताउँदै उनले आफ्नो पार्टीमा कुनै पनि नाता पर्नेलाई पार्टीमा स्थान नदिने बताए ।

उनले चुनावमा पार्टी सदस्यबाट निर्वाचित भएर मात्र उम्मेदवार हुने पाइने व्यवस्था हुने बताए । पार्टीमा ५० प्रतिशत युवा अनिवार्य हुने, पार्टीभित्रबाटै प्रत्यक्ष निर्वाचित व्यक्ति प्रधानमन्त्री र मुख्यमन्त्री, प्रधानमन्त्रीले नै मन्त्री चुन्न पाउने व्यवस्था, राइट टु रिकल र राइट टु रिजेक्टको व्यवस्था, डिजिटल डेमोक्रेसीको व्यवस्था, अनलाइन प्रणालीबाट पार्टी सदस्य वितरण गरिने बताए ।

लामिछानेले घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले कुनै पनि भातृ संगठन नबनाउने भएको छ । पार्टीमा कार्यकर्ता नभई सदस्य मात्रै हुने उनले बताए । उनले कार्यकर्ता कोही नहुने भोट मात्रै हाले पुग्ने बताए ।

आलोचना गर्नका लागि बेला बेला बैठक र भेला गर्ने उनले बताए । यस्तै उद्योगी व्यवसायीसँग कहिल्यै पनि चन्दा नलिने उनले बताए ।

सर्वसाधारण मानिसबाट थोरै रकम चन्दा लिएर मात्र पार्टी सञ्चालन गर्ने बताउँदै खर्च र आम्दानीको पारदर्शीरुपमा सार्वजनिक गर्ने बताए । उनले ठूला व्यवसायीले पार्टीलाई कहिल्यै पनि चन्दा दिन नपर्ने बताए ।