• बैशाख २३ २०८३, बुधबार

सशस्त्रका ३७ डिएसपी एसपीमा बढुवा (नामावलीसहित)

असार ६ २०७९, सोमबार

काठमाडौं । सशस्त्र प्रहरी बलले ३७ डिएसपी एसपीमा बढुवाका लागि सिफारिस गरेको छ । उक्त प्रहरी बलले ३७ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक एसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।

सशस्त्रले हिजो (आइतबार) नियम ३८ को उपनियम (३) सबैको जानकारीका लागि सूचना गरेको छ।

सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ रिक्त रहेको सशस्त्र प्रहरी उपरीक्षक पद संख्या ३७ मा सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (ग) बमोजिम उनीहरुलाई बढुवा सिफारिस गरेको सशस्त्रले जनाएको छ ।

बढुवा सिफारिसमा चित्त नबुझे सात दिनभित्र उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्ने जारी सूचनामा भनिएको छ ।