काठमाडौं । संघीय संसद्को तल्लो सदन प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज (सोमबार) दिउँसो १ बजे नयाँवानेश्वरस्थित संसद् भवनमा बस्न लागेको हो ।
बैठकमा विभिन्न विधेयक दफाबार छलफलका लागि पेस गरिनेछ ।
गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वयन) पहिलो संशोधन विधयेका २०७९ दफावार छलफलका लागि पेस गर्ने संसद् सचिवालयको सम्भावित कार्यसूची छ ।
आर्थिक विधेयक २०७९ माथि छलफल गरी प्राप्त संशोधनलाई निर्णायार्थ प्रस्तुत गरिने पनि संसद् सचिवालयले जानकारी दिएको छ ।
शर्माले ‘राष्ट्र ऋण उठाउने विधेयक २०७९ लाई दफावार छलफल गरी पारितका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।